प्रजातन्त्र दिवसको अवसरमा तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाद्धारा गुहेश्वरी मन्दीरमा रक्तदान कार्यक्रम आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । प्रजातन्त्र दिवसको अवसरमा तारकेश्वर नगरपालिका, नगर स्वास्थ्य शाखाको आयोजनामा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ४ को गुहेश्वरी मन्दीरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गर्नुभएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले बताउनुभयो ।
रक्तदान कार्यक्रममा वडा नं ४ का अध्यक्ष नरेन्द्र श्रेष्ठले रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गदै रक्तदान जस्तो महान पुण्डयको काममा सहभागी भएका रक्तदाताहरुलाई धन्यवाद दिनुभयो ।
रक्तदान कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाकी राधा थपलिया, भरत पाण्डे, शन्तोष ढकाल, तारकेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य केन्द्रका प्रमुख सत्यनारायण शाह, जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेवीकाहरु लगायतको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगरपालिकाले गतबर्ष देखि बिरामी भई उपचाररत नगरवासीहरुलाई रगतको अभाब हुन नदिनका लागि नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा ११ वटै वडाहरुमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ । गत बर्ष नगरपालिकाले ११ वटै वडामा आयोजना गरेको रक्तदानमा ३५४ प्रिन्ट रगत संकलन भएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । तारकेश्वर नगरपालिका काठमाण्डौंका स्थानीय निकायहरु मध्य गतबर्ष सबै भन्दा बढी रगत संकलन गर्ने नगरपालिकाको रुपमा रेडक्रस सोसाइटीबाट सम्मानीत समेत भएको थियो ।

No description available.
नेपाल रेडक्रस सोसाइटी र तारकेश्वर नगरपालिका बिच २०७९ पुस ९ गते तारकेश्वरमा स्थायी बसोबास गर्ने नगरवासीहरुलाई निशुल्क रगत उपलव्ध गराउने सम्बन्धी सम्झौता समेत भएको थियो । उक्त सम्झौता पछि गत बर्ष देखिनै नेपाल रेडक्रस सोसाइटीले तारकेश्वर नगरपालिकाका स्थायीबासीहरुका लागि अस्पतालको सिफारीसमा निशुल्क रगत उपलव्ध गराँउदै आइरहेको छ ।
निशुल्क रगतका लागी सम्बन्धीत बिरामीको नाममा रगत माग गरेको पुर्जाको फोटोकपी, नेपाल सरकारको निकायबाट बिरामी तारकेश्वर नगरपालिकामा स्थायी बसोबास भएको परिचय खुल्ने प्रमाणपत्रको फोटोकपी जस्तै राष्ट्रिय परिचयपत्र, नागरिकता, सवारी चालक अनुमतीपत्र, राहदानी, मतदाता परिचयत्र, वा लालपुर्जाको फोटोकपी मध्य कुनै एक कागजात हुनुपर्ने छ ।
तारकेश्वर नगरपालिकाले अभियानकै रुपमा यस बर्ष पनि ११ वटै वडामा रक्तदान कार्यक्रम गदै छ । यस अघि २०८० फागुन ५ गते तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

 

नगरपालिकाको अर्को सराहनीय काम : रेडक्रसबाट रगत लिंदा तारकेश्वरका स्थायीबासीहरुले कुनै शुल्क तिर्नु नपर्ने

प्रतिक्रिया दिनुहोस्

Array