काठमाण्डौं । जेष्ठ २० । तारकेश्वर नगरपालिका, न्यायिक समिती तथा कानुन शाखाको आयोजनामा बालबालिकाहरुलाई कानुन सम्बन्धी दुई दिने सचेतना मुलक तालिम सम्पन्न भएको छ ।
जेष्ठ १८ र १९ गते चलेको कार्यक्रममा प्रशिक्षक तथा जिल्ला न्यायाधीश डा. रमेश रिजालले नेपालमा बाल अधिकार सम्बन्धी कानुन ब्यवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रशिक्षक तथा मनमैजु मा.वि. का प्रधानध्यापक रविना महर्जनले बालबालिका र सामाजिक संजाल विषयमा बालबालिकालाई प्रस्तुतीकरण मार्फत सिकाउनुभयो ।
को आज दोश्रो दिन २०८१ जेष्ठ १९ गते उप–प्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा सम्पन्न भयो ।
दुई दिन सम्म चलेको कार्यक्रममा तारकेश्वरका शिक्षक, बिद्यार्थी र कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको उदघाटन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले कानुन सम्बन्धी ज्ञान सबैको लागि आवश्यक पर्ने बताँउदै कार्यक्रम अवधीभर रहेर तालिमको फाइदा लिन आग्रह गर्नुभयो ।
कार्यक्रमको समापन गदै तारकेश्वरकी उप–प्रमुख तथा न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटीले भबिश्यकोर्ने लक्ष्यसहित अध्ययन गरिरहेका बालबालिकाहरुलाई कानुन सम्बन्धी ज्ञान दिन सकिएमा भविश्यमा आउने कानुनी समस्यासंग सामना गर्न सहयोग पुग्ने बताँउदै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।
कार्यक्रममा सहभागी वालवालिकाहरुले कार्यक्रम निकै उपलव्धीमुलक रहेको बताँउदै आगामी कार्यक्रमको अवधी कम्तीमा एक हप्ताको राख्न सुझाब दिए ।


dfdf


प्रतिक्रिया दिनुहोस्