सहकारी ठगी प्रकरणमा संलग्न रहेको जो–कोहीले उन्मुक्ति नपाउने : सूर्यबहादुर थापाक्षेत्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं,  नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले सहकारी ठगी प्रकरणमा संलग्न रहेको जो–कोहीले उन्मुक्ति नपाउने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको सिफारिस गरिने बताएका हुन् । अहिले सहकारी ठगीमा को–को संलग्न छन् भनेर छानविन भइरहेको बताए । सहकारी ठगी छानविनका लागि भनेको संसदीय विशेष समितिमा थापा सभापति छन् ।

‘जसले सहकारीको बचत रकम अपचलन गरेका छन्, तिनले उन्मुक्ति पाउँछन् भन्ने नठान्नु होला । तिनीमाथि छानविन हुन्छ, हामीले कानुनको छिद्राबाट पसेर त्यसो गरिएको छ भने कानुन कडा गर्न, ठगीको नियत छ भने ठगीजन्य फौजदारी कारबाही, मिलेमतोमा यताउता गरिएको छ भने त्यसमा पनि के–के गर्नुपर्ने हो ? अध्ययन हुँदैछ,’– उनले भने ।

Repoters

सगरमाथा पोस्ट

प्रतिक्रिया दिनुहोस्