प्याब्सन काठमाडौंद्वारा असार २९ गते कविता महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ असार २०८१, मंगलवार
3 Min Read
Aa

काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) काठमाडौंले उपत्यकाव्यापी प्याब्सन दोस्रो कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम–२०८१ आयोजना गर्ने भएको छ । ।  सोमबा  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो । उपत्यकाव्यापी प्याब्सन दोस्रो कविता महोत्सव तथा साहित्य श्रष्टा सम्मान कार्यक्रम आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा २०८१ साल असार २९ गते शनिबार आयोजना गरिएको छ ।
महोत्सवमा काठमाडौं जिल्लाभित्र रहेका प्याब्सन सदस्य विद्यालयहरुमा अध्यनरत ५० जना बालबालिकाले भाग लिने बताइएको छ । प्रत्येक विद्यालयबाट एक जना विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।
कविताको शीर्षक नतोकिएको र प्रतियोगी विद्यार्थीहरूले करिब २ घण्टाको लेखन तथा वाचन अभिमुखीकरणपछि तत्काल तोकिएको समयभित्र कविता लेख्नुपर्ने बताइएको छ । कविता १५० शब्दमा नबढाई गद्य वा पद्य दुवै शैलीमा लेख्न सकिने र कविता देशप्रेम, प्राकृतिक सौन्दर्य, प्रकृतिप्रेम, मानवता, समसामयिक चेतना झल्काउने प्रकृतिको हुनुपर्ने प्याब्सनले बताएको छ ।  सहभागीले १ हजार रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गर्नुपर्ने छ । कविता लेखन तथा वाचन कला दुवैको मूल्याङ्कन गरिने र प्रथम, द्वितीय, तृतीय पुरस्कारसहित सात जनालाई सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
प्रथम पुरस्कार नगद २० हजार, द्वितीय पुरस्कार नगद १५ हजार, तृतीय पुरस्कार नगद १० हजारसहित सबैलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी चौथो र पाँचौ पुरस्कार नगद ४ हजार, मेडल तथा प्रमाणपत्र रहेको छ । सान्त्वना पुरस्कार मेडल तथा प्रमाण पत्र र नगद ३ हजारका दरले ५ जनालाई प्रदान गरिनेछ ।
प्याब्सन, काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले साहित्यको कविता विधाको विकासका लागि विद्यालय तहबाट नै लाग्नुपर्छ भन्ने उद्देश्यले उपत्यकाव्यापी कविता महोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले साहित्यलाई समाजको ऐना भनेर गलत परिभाषित गरिएको पनि दाबी गरे । उनले साहित्य ऐना नभएर समाजको पथ प्रदर्शक रहेको बताए ।
‘मानिसहरुले भन्ने गर्छन्, साहित्य समाजको ऐना हो । तर, हामी साहित्यलाई गलत परिभाषित गरिरहेका छौं । साहित्य समाजको ऐना होईन । किनभने ऐनामा हरेक कुराहरु उल्टो देखिन्छ । देब्रे कान दाइनेतिर, दाइने कान देब्रेतिर । साहित्यले उल्टो त पढाउँदैन नि त ? साहित्य समाजको ऐना होईन । यो समाजको पथ प्रदर्शक हो,’– उनले भने ।
पत्रकार सम्मेलनमा साहित्य विभाग प्रमुख, कार्यक्रम संयोजक तथा सहकोषाध्यक्ष डीएन अधिकारी, प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष नवराज भटट्ट, उपाध्यक्षद्वय रीता राई, सूर्य भण्डारी, कोषध्यक्ष आरबी अधिकारी, साहित्य विभागका सचिव ललित शर्मालगायतको उपस्थिति रहेको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array