राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने, कसैसँग तालमेल नगर्ने

Sagarmatha Post
Sagarmatha Post २९ कार्तिक २०८१, बिहीबार
0 Min Read
Aa

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन थालेको छ । उसले उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने पनि बताएको छ । त्यस्तै उपनिर्वाचन हुने सबै स्थानीय तहमा उमेदवारी दिने पनि पार्टीले जानकारी दिएको छ । राप्रपाले उपनिर्वाचन हुने ४४ मध्ये १७ स्थानमा हालसम्म उम्मेदवार टुंगो लगाएको छ । बाँकी स्थानीय तहका उमेदवारहरू चाँडै टुगो लाग्ने राप्रपाले जानकारी दिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्