काठमाडौँ I शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको बिहीबार आकस्मिक निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको हो । निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिनुभयो ।
सानोठिमी स्थित विभिन्न कार्यालयहरूमा शिक्षामन्त्रीद्वारा आकस्मिक निरीक्षण


प्रतिक्रिया दिनुहोस्