राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरु

Sagarmatha Post
Sagarmatha Post ३० कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गरिनेछ ।

कार्यसूचीअनुसार बैठकमा शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैङ्क, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दररेट, बाल सुधार गृह सञ्चालन तथा सडक बालबालिका मुक्त अभियान, सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारी भवन, समपूरक अनुदानका सम्बन्धमा छलफल हुनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्