प्रधानमन्त्री केपी शर्मा ओलीसहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुकले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण

Sagarmatha Post
Sagarmatha Post ३ मंसिर २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् । ढुंगानालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवासहित, दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक पुगेका छन् । देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए । पूर्वसभामुख ढुंगानाको उपचाररत क्रममा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

सरकारले ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिएको छ । साथै राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्