तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता मंसिर १८ गते देखि हुने, मेयरको नेतृत्वमा मुल समारोह समिति र उपसमिति गठन

Sagarmatha Post
Sagarmatha Post ५ मंसिर २०८१, बुधबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर ४ । “खेल तारकेश्वरको ः सन्देश एकताको” भन्ने मुल नाराका साथ मंसिर १५ गते देखि तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले मंसिर १८ गते देखि २५ गते सम्म तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।  बैठकले नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा मुल समारोह समिति र नगर शिक्षा समितिका सदस्य राजेन्द्र तिमिल्सीनाको संयोजकत्वमा प्रतियोगितालाई व्यवस्थीत गर्नका लागि उप समिति गठन गर्ने निर्णय गरेको छ । तेश्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिताको मुल समारोह समितिमा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, बालाजु बृत्तका डिएसपी, बालाजु सशस्त्र प्रहरीका प्रमुख, ११ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, तारकेश्वरको सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, विषयगत शाखाका प्रमुखहरु, शिक्षक पेशागत संगठन, तारकेश्वर प्याव्सन र एनप्याव्सनका अध्यक्ष, खेलकुद क्षेत्रका प्रमुख पदाधिकारीहरु, पत्रकार र सुरक्षाकर्मी सहितको मुल समारोह समिति गठन गर्ने निर्णय गरिएको तारकेश्वर नगरपालिकाका शिक्षाका प्रमुख विर बहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस्तै तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगितालाई व्वस्थीत रुपमा सञ्चालन गर्नका लागि शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाको संयोजकत्वमा गठन गरिएको उपसमितिमा तारकेश्वर नगर शिक्षा शाखाका अधिकृत शन्तोष खनाल, शिक्षा समिति सदस्य हरि कृष्ण अर्याल, तारकेश्वर सामुदायिक विद्यालय समितिका अध्यक्ष एवं कालिदेवी मा.विका प्रधानाध्यापक कृष्ण ओझा, पृथ्बी नारायण मा.वि का प्रधानाध्यापक नारायण काप्री, शिक्षा समिति सदस्य एवं मनमैजु मा.विका प्रधानाध्यापक रबिना महर्जन, मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार गजुरेल, लालिगुराँस स्कुलका प्रिन्सीपल गोपाल बुढाथोकी, हिम रश्मी स्कुलका प्रधानाध्यापक लोकेन्द्र बाहादुर खड्का, प्रधानाध्यापक तिर्थ महर्जन र शिक्षा शाखाका अधिकृत पदम बहादुर खत्री समस्य सचिब रहने गरि उपसमिति गठन गरिएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनले प्रतियोगिताले खेलकुदको बिकाससंगै तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु बिच पारस्परिक सम्बन्ध कायम हुने विश्वास व्यक्तगर्नुभयो ।
बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (संशोधन सहित) को मापदण्ड भित्र रही प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । निर्देशिकाको अनुसुचि ४ मा उल्लेखित खलेहरुका अलावा फुटबल, बास्केटबल, टेबलटेनिस र व्याडमिन्टन खेलहरु समावेश गर्ने निर्णय गरिएको शिक्षा समितिका सदस्य एवं खेलकुद उपसमितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिताको टिम बिजेता हिम रश्मी स्कुल भएको थियो भने दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता लालिगुराँस नेश्नल एकेडेमिले जितेको थियो । तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरु सहभागीता रहने यस प्रतियोगिको यो तेश्रो चरणको बिजेता बन्नका लागि मंसिर १५ गते देखि कडा प्रतिष्पर्धा सुरु हुनेछ ।
तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको यस प्रतियोगिता खेलकुदको महाकुम्भको रुपमा समेत हेरीने गरिएको छ । तारकेश्वरको खेलकुदको विकासका लागि नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वको टिम बिजयी भएर आएसंगै तारकेश्वरमा यस प्रतियोगिता सुरुवात गरिएको हो । तारकेश्वर नगरपालिकाले मेयर रनिङ शिल्ड प्रतियोगिताको सुरुवात देखि तेश्रो चरण सम्म आइपुग्दा खेलकुदको क्षेत्रमा निकै ठुलो उपलव्धी हाँसील भएको छ । स्थानीय निकायका खेलाडीहरु बिचको प्रतिष्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औं चरण सम्म सहभागी नभएको तारकेश्वर नगरपालिकाले पहिलो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक सहभागी भएर तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लामा दोश्रो स्थान हाँसील गर्न सफल भएको थियो भने गत बर्ष दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै सुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाले काठमाण्डौं जिल्लाकै स्थानीय निकायहरुमा पहिलो स्थान हाँसील गर्न सफल भएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्