पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध प्रहरी कार्यालय चितवनमा जाहेरी

Sagarmatha Post
Sagarmatha Post ५ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो । चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी परेको हो । उनीहरुले सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ ।

यसअघि यही मुद्दामा जीबी भन्ने गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ । पहिलो चरणको अनुसन्धानमा सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै सरकारी वकिल कार्यालयले नै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो । ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्