रबिन थपलिया । काठमाण्डौं । मंसिर १९ । तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको आज विहान देखि सुरु भलिबल खेल सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्र्स स्पोर्टस एकेडेमीमा जारी खेलमा पुरुष तर्फ ३ र महिला तर्फ २ खेल सम्पन्न भएका छन् ।
पुरुष तर्फको पहिलो खेलमा लालिगुराँस नेश्नल स्कुल बिजयी भएको छ । लालिगुराँसले रोजमेरी आईडल बोडिड स्कुललाई पराजीत गरेको छ । त्यस्तै पुरुष तर्फको दोश्रो खेलमा पुरानो गुह्येश्वरीले कुन्चीप्वाकल मा.बिलाई पराजीत गरेको छ भने नागार्जुन मा.विले प्रारम्भ स्कुललाई पराजीत गरेको छ ।
त्यस्तै महिला तर्फ पुरानो गुह्ेश्वरीले ल्याण्डमार्क स्कुललाई पराजीत गरेर जित हाँसील गरेको छ भने मानसिंह स्कुलले काभ्रेस्थली मा.विलाई पराजीत गरेर जित हाँसील गरेको छ ।
भलिबल खेल जारी रहेको छ ।
तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको भलीबल खेलमा ३ पुरुष र २ महिला टिम बिच खेल सम्पन्न, क कस्ले जिते खेल ?


प्रतिक्रिया दिनुहोस्