तारकेश्वरमा बालअधिकार र बालश्रम सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २६ जेष्ठ २०८२, सोमबार
1 Min Read
Aa

काठमाण्डौं । तारकेश्वरमा बालअधिकार र बालश्रम सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पनन भएको छ ।
तारकेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा बालबालिका बिच बालश्रम विरुद्ध र बाल अधिकार सम्बन्धी २ दिने अन्तरक्रिया कार्यक्रम जेष्ठ २६ र २७ गते आयोजना गरिएको हो । कार्यक्रम उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको अध्यक्षतामा उद्घघाटन सत्र सम्पन्न भयो । कार्यक्रमको उदघटन गदै नगर प्रमुख कृष्ण हरि महर्जनले बालश्रम अन्त्य गर्न तारकेश्वर नगरपालिका लागि परेको बताउनुभयो ।
कार्यक्रममा वडा १ का वडा अध्यक्ष बिदुर सापकोटा, वडा ३ का वडा अध्यक्ष परशुराम अर्याल, वडा ७ का वडा अध्यक्ष सानुकाजी खत्री, न्यायिक समितिका सदस्य उज्वल अधिकारी र मिरा थापा, शाखा प्रमुखहरु, बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, कर्मचारी, विद्यार्थी र शिक्षहरुको उपस्तिथि रहेको थियो ।
न्यायिक समितिका सदस्य उज्वल अधिकारीले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो । श्रोत बिज्ञ बिनोद देवकोटाज्युले बालश्रमसम्बन्धी प्रस्तुतीकरण सहभागी बालबालिकालाई भिडियो सहित राख्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाका कानुनी सल्लाहकार रामहरि नेपालज्युले बाल अधिकार र सुरक्षाका उपायाहरु सम्बन्धी सिकाउनुभएको थियो ।
यसैगरी वरिष्ठ अधिबत्त रामेश्वर न्यौपानेज्युले उद्दार, पुनःस्थापन र परामर्श प्रक्रिया सम्बन्धि प्रस्तुतीकरण राख्नुभयो ।
कानुन शाखा प्रमुख सृष्टि लामिछानेज्युले संयोजन गर्नुभएको यस २ दिनसम्म चल्ने कार्यक्रमको संचालन कानुन शाखा अधिकृत शर्मिला पौडेलज्युले गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्