काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले संसद्, सरकार, न्यायालय लगायतका लोकतान्त्रिक प्रणालीका सबैजसो अङ्गहरूलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सरकारले के ग¥यो भनी उठाइएको गलत बहसले देशको समृद्धि, देशमा केही गरौँ भन्ने युवाहरूलाई भरोसा दिलाउन नभई समाजलाई उत्तेजनामा ल्याउने नियतका साथ आइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सहकारीमा भएको बचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको र पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध’ भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको पनि बताउनुभयो ।प्रधानमन्त्री ओलीले बैठकमा भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभयो ।
प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी भएको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन, एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा सम्बोधन गरेको जानकारी गराउनुभयो । तुलसी सापकोटा / सरिता खनाल







प्रतिक्रिया राख्नुहोस्