तारकेश्वरमा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु, प्यारासुट सहितको वाटर रकेट उडाएर नगरप्रमुखद्धारा कार्यक्रमको उदघाटन

Sagarmatha Post
Sagarmatha Post १३ मंसिर २०८२, शनिबार
8 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर १३ । तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीहरुको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत पिपलडाँडा खेल मैदानमा आज आयोजीत विशेष समारोहका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनले प्यारासुट सहितको वाटर रकेट उडाएर कार्यक्रमको उदघाटन गर्नुभयोे । साथै प्रतियोगितामा तपस्या लनिङ सेन्टरले निर्माण गरेको प्रविधि मार्फत कार्यक्रममा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको ट्रफि समेत डिस्प्ले गर्नुभयो ।

May be an image of text
तारकेश्वरको खेलकुद जगतको ओलम्पीकको रुपमा समेत हेरीएको यस प्रतियोगिताको उदघाटन पुर्व तारकेश्वर नगरपालिकाका बिभिन्न स्थानबाट खेलाडी विद्यार्थीहरु बाजागाज र मार्चपास सहित पिपलडाँडा खेल मैदानमा पुगेका थिए । तारकेश्वर नगरपालिकाबाट साँस्कृति बाजागाजा, झाँकी सहितको टोलीको नेतृत्व गदै नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, तारकेश्वर नगरपालिकाका शिक्षा समितिका सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीना तथा तारकेश्वर खेलकुद समितिका संयोजक एवं प्रतियोगिताका सहसंयोजक बिक्रम खड्गी सहित खेलकुद क्षेत्रका व्यक्तित्वहरु, पत्रकार तथा संचारकर्मीहरु, नगरप्रहरी, सशस्त्र प्रहरी, खेलाडी र विद्यार्थीहरु सहित पिपलडाँडा खेलमैदानमा पुग्नुभएको थियो । त्यस्तै सिएनमार्ट अगाडी, फुटुङ र मनमैजु लगायतबाट पनि खेलमा सहभागी हुने विद्यार्थी खेलाडीहरु सहितको टोली मार्चपास सहित पिपलडाँडा खेलमैदान पुगेका थिए ।

May be an image of temple and text
प्रतियोगिताको उदघाटन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले मेयर रनिङ शिल्ड प्रतियोगिता तारकेश्वरको पर्व तथा महोत्सबको रुपमा रहेको बताँउदै खेलकुद प्रतियोगिताले तारकेश्वरका सामुदायिक र संस्थागत विद्यालयहरु बिचको पारस्परीक सम्बन्ध तथा विद्यार्थीहरु बिचको एकता काम गर्ने बताउनुभयो ।

May be an image of temple and text
तारकेश्वरको प्रतियोगिताले काठमाण्डौं जिल्लाकै खेलकुदको इज्जत बढाएको बताँउदै नगरप्रमुख महर्जनले मेयर रनिङ शिल्ड प्रतियोगिताले खेलमा रुची भएकाहरुका लागि प्लेटफर्म तयार गरेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले प्रतियोगिताको तारकेश्वरको प्रतिनिधित्व गर्ने खालका राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्नु मुख्य उदेश्य रहेको बताँउदै भव्यताको साथ सम्पन्न गर्नका निम्ती सबैलाई आग्रह समेत गर्नुभयो ।

May be an image of text
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुदमा तारकेश्वरले गरेको सफल अभ्यासलाई देशका ७५३ पालिकाले आत्मसाथ गरेमा मात्र सबैका लागि खेलकुदको राष्ट्रिय नाराले सार्थकता पाउने बताउनुभयो ।
देशको गौरबको रुपमा रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वरले तेश्रो पटक सहभागी हुंदामा उच्च स्वर्ण सहित काठमाण्डौं जिल्लामानै लगातार दुई पटक प्रथम हुनु गौरबको बिषय रहेको बताँउदै लम्सालले उक्त सफलताले मेयर रनिङ शिल्ड प्रतियोगिताको महत्व र सान्र्दभीकतालाई थप पुष्टी गरेको बताउनुभयो ।

May be an image of ‎dais and ‎text that says '‎ह 2072 "पाज़िघान अपजत अपनटव शिक्कार: दिगो बकासको आधार" तारकश्वर नगरपालिका नावकवव कार्यपर्य गकाको कायारलय नगवयालका धर्मस्थली काठमाऊ आागमती प्रदेश. वोपाल عمد मेरर रनिड़ शि शिल्ड पतियोगिता-२०२‎'‎‎
कार्यक्रममा तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले मेयर रनिङ शिल्ड प्रतियोगिताले तारकेश्वरको गरिमालाई बढाएको बताँउदै प्रतियोगिता सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।
चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका सह संयोजक एवं तारकेश्वर नगरपालिकाका खेलकुद समिति संयोजक बिक्रम खड्गीले संचालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिताका खेलसंयोजकहरु, खेलाडीहरु, पत्रकार तथा संचारकर्मीहरु लगायतको उपस्थीति रहेको थियो ।

No photo description available.
कार्यक्रममा तेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोस्टेशन टिम ( कपन टाईगर)बाट तेक्वान्दोको डेमोस्टेशन गरिएको थियो । त्यस्तै एन्जल्स हार्ट नेश्नल स्कुलका विद्यार्थीहरुको उडन डम्बेल डान्स, पुरानो गुहेश्वरी विद्यालयका शिक्षिकाहरुको नृत्य, राष्ट्रिय सेवादलमा आबद्ध एनसीसी सनफ्लावर एकेडेमीका विद्यार्थीहरुद्धारा एरोविक नृत्य समेत प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा सृजना ज्ञानसागर स्कुलका विद्यार्थीहरुले पिरामिड नृत्य समेत प्रस्तुत गरेका थिए ।
तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरको ः सन्देश एकताको”भन्ने मुल नाराका सहित सञ्चालन हुने प्रतियोगिता यहि मंसिर २० गते सम्म चल्नेछ । तारकेश्वरका सर्वधीक खेलाडीहरुको सहभागीतामा सर्वाधीक पुरस्कार राशी सहित सञ्चालन हुने यस प्रतियोगितालाई तारकेश्वरको खेलकुद जगतको महाकुम्भ मेलाको रुपमा पनि हेरीएको छ ।
तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरुको मात्र सहभागीता रहने यस प्रतियोगितामा ७८ स्वर्ण, ७८ रजत र ७८ कास्य सहित २३४ पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा यस पटक तारकेश्वरका ६४ विद्यालयका २६८६ विद्यार्थीहरुको सहभागीता रहनेछ ।
प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदाका खेलहरु रहनेछन् । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको छ । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्ण हरि महर्जनकै आग्रहमा यस पटक देखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाको बताउनुभयो ।

May be an image of temple and text
प्रतियोगिताको मंसिर २० गते वडा नं ५ स्थित पृथ्वी नारायण मा.विमा प्रतियोगिता समापन हुनेछ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वाधीक खेलाडी र सर्वाधीक पुरस्कार राशि सहितको यस प्रतियोगितालाई तारकेश्वरको खेलकुदको महाकुम्भको रुपमा समेत हेरीने गरिएको छ ।
प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि चौथो मेयर रनिङशिल प्रतियोगिता २०८२ को संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । १७ सदस्यीय समितिको संयोजकमा तारकेश्वर नगपालिकाको शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीना र सह संयोजकमा बिक्रम खड्गी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रबिना महर्जन, धनबहादुर पुन, नारायण काप्री, केदार प्रसाद गजुरेल, लोकेन्द्र बहादुर खड्का, गोपाल बुढाथोकी,कृष्ण ओझा, हरि कृष्ण अर्याल, तिर्थ महर्जन, शिव प्रसाद अर्याल, राजेन्द्र कुमार ओझा, पुर्ण तिमिल्सीना, प्रभुराम फुंयाल, गोविन्द भट्ट र सदस्य सचिबमा सुधिनराज बुढाथोकी रहनुभएको छ ।
मेयर रनिङ शिल्डको तिन वटा प्रतियोगिता सम्पन्न भईरहंदा लगातार दुई प्रतियोगिता तारकेश्वर १० स्थीत लालिगुराँस नेश्नल एकेडेमीले जितेको छ भने एउटा हिमरश्मीले जितेको छ । पहिलो रनिङ शिल्ड प्रतियोगिता हिमरश्मी स्कुलेले जितेको थियो भने दोश्रो र तेश्रो प्रतियोगिता लालिगुराँस नेश्नल एकेडेमीले जितेको थियो ।
तारकेश्वरको खेलकुदको विकासका लागि नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वको टिम बिजयी भएर आएसंगै तारकेश्वरमा यस प्रतियोगिता सुरुवात गरिएको हो । तारकेश्वर नगरपालिकाले मेयर रनिङ शिल्ड प्रतियोगिताको सुरुवात देखि चौथो चरण सम्म आइपुग्दा खेलकुदको क्षेत्रमा निकै ठुलो उपलव्धी हाँसील भएको छ । स्थानीय निकायका खेलाडीहरु बिचको प्रतिष्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ११ औं चरण सम्म सहभागी नभएको तारकेश्वर नगरपालिकाले पहिलो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएको थियो । राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक सहभागी भएर तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लामा दोश्रो स्थान हाँसील गर्न सफल भएको थियो भने गत बर्ष दोश्रो र तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता समेत सम्पन्न गरेको तारकेश्वरले १३ औ र १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार दुई पटक काठमाण्डौं जिल्लाकै स्थानीय निकायहरुमा पहिलो स्थान हाँसील गर्न सफल भएको थियो ।

No photo description available.

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people and text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्