तारकेश्वरमा बजार अनुगमन,ग्राहकले नपाएपनि पसलमा ग्याँस भेटियो, गलत तरिकाले भण्डारण गरिएको ७० केजी मासु नष्ट गरियो

Sagarmatha Post
Sagarmatha Post ५ चैत्र २०८२, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको नेतृत्वमा तारकेश्वर क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजारमा ग्याँसको कृतिम अभाव हुन नदिन तथा खाध्यान्न लगायत अन्य कुराहरुमा कृतिम मुल्यबृद्धि नियन्त्रणका लागि बजार अनुगमन थालिएको हो ।
नगरउपप्रमुखको नेतृत्वमा उपभोक्ता अधिकारकर्मीहरु, पत्रकार, नेपाल प्रहरी, नगर प्रहरी, बिषयगत शाखाका प्रमुखहरु लगायतको टोलीले तारकेश्वर नगरपालिकाको वडा नं २,७ र ८ का डिपार्टमेन्टल स्टोर, ग्याँस डिपो, मासुपसल लगायतको अनुगमन गरेको हो । अनुगमनका क्रममा जरंखु स्तीत एक मासु पसलमा गलत तरिकाले भण्डारण गरेको करिब ७० केजी मासुहरु जफत गरेर नष्ट गरिएको तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जानकारी दिनुभयो । अनुगमनका क्रममा उक्त पसलले मासु र मदिरा पसलको स्वीकृति लिएपनि मापदण्ड बिपरित एकै ठाँउमा व्यवसाय गरेको भेटिएकाले अनुगमन टोलीले सचेत गराएको छ ।
त्यस्तै जरंखु आसपासका ३ वटा ग्याँस पसलमा एक सय भन्दा बढी सिलिण्डर ग्याँस भण्डारण गरेर राखेको भेटिएको छ । व्यवसायीले उक्त ग्याँस ग्राहकलाई बिक्रीका लागि राखिएको दावी गरेका छन् । अनुगमनका क्रममा उपप्रमुख बुर्लाकोटीले बजारमा ग्याँसको अभाव रहेकाले तत्काल पालो कुरेर बसेका ग्राहकहरुलाई बितरण गर्न निर्देशन समेत दिनुभयो ।
अनुगमन टोलीले तारकेश्वर नगरपालिका वडा नं ७ स्थीत एक गार्मेन्ट तथा तारकेश्वर सरसफाई केन्द्रको प्रशोधन केन्द्रको समेत अनुगमन गरेको छ । गामेन्टको स्वीकृती लिएर गार्मेन्टका कपडाहरु रंगाउने तथा फोहरपानीहरु सिधै खोलामा पठाउने गरेको भेटिएकाले उक्त कार्य तत्काल बन्द गरेर नगरपालिकामा सम्पर्क राख्न समेत टोलीले निर्देशन दिएको छ । सो अवसरमा तारकेश्वर नगरपालिकाको फोहरमैला व्यवस्थापको काम गर्ने तारकेश्वर सरसफाई केन्द्रकोको फोहर प्रशोधन केन्द्रमा व्यवस्थीत रुपमा फोहरको व्यवस्थापन गरेको भेटिएपछि नगरउपप्रमुखले उक्त केन्द्रका प्रमुख केदार खत्रीलाई धन्यवात समेत दिनुभयो ।

May be an image of one or more people, dais and text

No photo description available.

May be an image of text

May be an image of one or more people and text that says 'विवरण खवसी कसुरा लोकल कसुरा कसूरा) रा 1300 60 1000 เซช 6900300 ॐ 405 400 उको 157 बनी'

May be an image of text

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्