काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा २०८३ साल पुस १७ गते राति ११ः१६ बजे छापा मार्दा उनीहरू जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएकी ४१ वर्षीया प्रतिभा तिमिल्सिनाको कोठा भाडामा लिएर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिएका ३३ थान कौडा, १७ बुक तास, नगद १२ लाख १९ हजार ६ सय रुपैयाँ र २४ थान मोबाइल फोन बरामद गरेको छ। साथै जुवा खेल्न आएका व्यक्तिहरूले प्रयोग गरेका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने २१ जनाको नाम र ठेगाना प्रहरीले यसप्रकार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूको विवरण
1. सन्तोष तामाङ (३० वर्ष) — काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–११, हाल काठमाडौं महानगरपालिका–डल्लु।
2. शिवराम भण्डारी (४१ वर्ष) — काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका–४।
3. अर्जुन डंगोल (५७ वर्ष) — काठमाडौं जिल्ला, टोखा नगरपालिका–२।
4. नयन लामा (४८ वर्ष) — सिन्धुली जिल्ला, दुधौली नगरपालिका–६, हाल काठमाडौं महानगरपालिका–६।
5. रामदेव रिमाल (४५ वर्ष) — काठमाडौं जिल्ला, टोखा नगरपालिका–८।
6. सन्तमान तामाङ (५० वर्ष) — सिन्धुपाल्चोक जिल्ला, सागाचोकगढी नगरपालिका–७, हाल काठमाडौंको स्वयम्भू।
7. रमेश लामा (६० वर्ष) — नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका–३, हाल काठमाडौं जिल्ला, टोखा नगरपालिका–१।
8. बिक्रम खड्का (४३ वर्ष) — नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका–१, हाल काठमाडौंको सुकेधारा।
9. कमल ज्ञवाली (३८ वर्ष) — काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका–६।
10. बिरबहादुर तामाङ (४८ वर्ष) — काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–१०, हाल काठमाडौंको स्वयम्भू।
11. टिकाराम बराल (४४ वर्ष) — झापा जिल्ला, कचनकवल गाउँपालिका–५, हाल काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका–८।
12. अजय तामाङ (३९ वर्ष) — काभ्रेपलाञ्चोक जिल्ला, नमोबुद्ध नगरपालिका–१, हाल काठमाडौं महानगरपालिका–७।
13. रामशरण डंगोल (३१ वर्ष) — रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका–४, हाल काठमाडौंको बानियाटार।
14. बुद्धिबहादुर श्रेष्ठ (५५ वर्ष) — भक्तपुर जिल्ला, मध्यपुर थिमि नगरपालिका–३।
15. देवी गुरुङ (५५ वर्ष) — चितवन जिल्ला, रत्ननगर नगरपालिका–११, हाल काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका।
16. लक्ष्मी बानिया (४१ वर्ष) — काभ्रेपलाञ्चोक जिल्ला, भुल्चुक–५, हाल काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका।
17. नलिमा तामाङ (३९ वर्ष) — काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका–११।
18. मेनुका राई (४२ वर्ष) — सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–२०, हाल काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका।
19. रुज्ना मोक्तान (३८ वर्ष) — काभ्रेपलाञ्चोक जिल्ला, हाल काठमाडौं महानगरपालिका–बानेश्वर।
20. ओममाया गुरुङ (४७ वर्ष) — चितवन जिल्ला, भरतपुर महानगरपालिका–११, हाल काठमाडौंको बौद्ध।
21. प्रतिभा तिमिल्सिना (४१ वर्ष) — नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका–८, हाल काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका–८।


प्रतिक्रिया दिनुहोस्