काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार आरसी ३२ लाई प्लानिङ ब्वाइज युनाईटेडले ३-१ गोल अन्तरले हराएको हो ।
प्लानिङको जितमा फागुराम थारुले ह्याट्रिक गोल गरे ।
आरसी ३२ का विवेक सन्तोषीले एक गोल फर्काए ।
यस हारसँगै आरसी ३२ ले ८ खेलमा १९ अंक जोडेको छ ।
आरसी ३२ शीर्ष स्थानमा रहेको छ ।
प्लानिङ ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले विरगंज युथ एकेडेमीलाई ४-० ले हराएको छ ।
पुल्चोकको जितमा सदम मन्सुर, स्यारब लो तामाङ, गोविन्द बहादुर थापा र सागर थिङले एक एक गोल गरे ।
पुल्चोकले ८ खेलमा ८ अंक जोडेको छ ।
विरगंजले ८ खेलमा ४ अंक जोडेको छ ।
‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्