रबिन थपलिया । काठमाण्डौं । चाइना फाउण्डेसनले नेपालमा पहिलो दिगो विकासको प्रयोगात्मक गाउँको रुपमा तारकेश्वर नगरपालिकालाई छनौट गरी बिभिन्न परियोजनाहरु सञ्चालन गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं २ को काभ्रेस्थली माध्यामिक बिधालयमा सोमबार विशेष कार्यक्रम आयोजना गरी पहिलो दिगो विकासको प्रयोगात्मक गाउँ कार्यक्रमको बिधिवत रुपमा सुभारम्भ गरिएको छ । नेपालका लागि चीनको राजदूत चेन सोङ्ग, तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जन,चाइना फाउन्डेसनका महासचिव चेन होंग ताओ, पूर्व रक्षामन्त्री भिमसेन दास प्रधान, पूर्व मुख्यसचिव तथा पुर्ब चीनका लागि नेपालका राजदूत लिला मणि पौडेल, तारकेश्वर नगरका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे,चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपाल कार्यालयका निर्देशक जाउ झिक्यांग,तारकेश्वर नगरपालिका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी र काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले संयुक्त रुपमा रिबन काटेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।
सन् २०२२ मा, चाइना फाउन्डेसनले यस तारकेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा स्थलगत अध्ययन गरेर स्थानीय बासिन्दाहरूलाई सहयोग आवश्यक रहेको पहिचान गरेको थियो । हाल, चाइना फाउन्डेसनले नगरपालिकामा श्रृंखलाबद्ध रूपमा व्यापक परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको छ, जस अन्तर्गत Smiling Children School Feeding Project ले ३५०० भन्दा बढी सामुदायिक विद्यालयका बालबालिकालाई पोषणयुक्त खाजा सहयोग, करिब ४५०० जनसमुदायलाई शुद्ध खानेपानी तथा सिँचाइको सुविधाका निम्ति खानेपानी प्रणाली निर्माण आयोजना, कृषि उत्पादन प्रवर्द्धन गर्नका लागि ८० जानलाई सीप विकास तालिम र ४००० भन्दा बढी सामुदायिक विद्यालयका बालबालिकालाई स्कुल झोला तथा शैक्षिक सामाग्रीहरु सहयोग हुनेछ ियस क्षेत्रमा एकीकृत विकासलाई सहयोग गर्नका लागि फाउन्डेसनले लगभग १० करोड नेपाली रुपैयाँ भन्दा बढी लगानी गर्नेछ िचाइना फाउन्डेसनको यो अग्रगामी पहलले चीनको ग्रामीण र सामुदायिक विकासमा आफ्नो अनुभवको फाइदा उठाउँदै एकीकृत र दिगो विकास अभ्यासहरूको नमूनाको रूपमा कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको जनाएको छ ।
फाउण्डेसन मार्फत तारकेश्वरमा सिंगो गाउँ खानेपानी निर्माण परियोजना, बालबालिकाको पोषण विद्यालय खुवाउने परियोजना, पाण्डा प्याक परियोजना, तरकारी रोपण व्यावसायिक सीप तालिम कार्यक्रमलगायतका थुप्रै बृहत् विकास परियोजनाहरू सञ्चालन हुँदैछन्।
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमले बिद्यार्थीहरुमा खुसी जागेको बताँउदै सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरु भर्नासंख्या समेत बढेको बताउनुभयो ।
तारकेश्वरमा निर्वाचीत भएर आएपछि शिक्षाको गुणस्तर बढाउने प्रतिबद्धता अनुरुप शिक्षामा ८ करोड बढी रकम बिनियोजन गरेको बताँउदै नगरप्रमुख महर्जनले शिक्षाको लगानीको प्रतिफल बिस्तारै देखिन थालेको बताउनुभयो ।
अंशुवर्माकी छोरी भृकुटी र श्रङचङ गम्फुका बिचको बैबाहिक सम्बन्ध देखिनै नेपाल र चीन विचको दौंत्य सम्बन्ध रहंदै आएको बताँउदै नगरप्रमुख महर्जनले भुकम्प र कोरोना महामारीमा चीनले नेपाल प्रति गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।
चाइना फाउण्डेसन मार्फत तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा ३ सय घरधुरीलाई पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको २ करोड बराबरको खानेपानी आयोजनाले वडाबासीमा खुसी छाएको बताउनुभयो ।
काठमाण्डौंको मुटुमा रहेको तारकेश्वर नगरपालिका धार्मीक, पर्यटन, कृषि, शिक्षा, लगायतले प्रचुर सम्भावना बोकेको नगरपालिका रहेको बताँउदै नगरप्रमुख महर्जनले ति क्षेत्रहरुमा लगानीका लागि चीन सरकारसंग सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
नेपालका लागि चीनको राजदूत चेन सोङ्गले चीनको तर्फबाट नेपालका लागि गरिएको यो एक नौलो र पहिलो कार्यक्रम रहेको बताँउदै यसको नतिजाबाट मात्र थप ठाँउ र क्षेत्रमा लगानी गर्ने नगर्ने बारेमा निर्धारण हुने बताउनुभयो ।
राजदुत सोङ्गले यस परियोजनाले चीनको ग्रामीण र सामुदायिक विकासमा आफ्नो अनुभव र स्थानीय सरकारसँग नजिकको सहयोग र स्थानीय विकास आवश्यकताहरूसँग संयोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदुत सोङ्गले नेपाली जनताको सुख दुखमा चीन र चीनीयाँ जनता सदैब साथमा रहेको बताउँदै स्थानिय आवश्यकता र औचित्यताको आधारमा थप कार्यक्रमहरु ल्याइने बताउनुभयो ।
कार्यक्रममा पुर्व रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले फाउण्डेसनले कार्यक्रम सुरु गर्नुभन्दा पहिला आफु माननीय हंदामा पटक पटक भेटघाट र छलफल भएको स्मरण गर्नुहुंदै चाइना फाउण्डेसन मार्फत चीन सरकारले गरेको लगानी प्रति धन्यवात दिनुभयो ।
कार्यक्रममा पुर्व मुख्यसचिब एवं चीनका लागि पुर्व नेपाली राजदुत लिलामणी पौडेलले चीन नेपालको असल छिमेकी मात्र नभएर सुख–दुखको साथी समेत रहेको बताँउदै भुकम्प र कोरोना महामारीमा चीनले नेपालका लागि सबै भन्दा बढी सहयोग गरेको बताउनुभयो ।
चीनले नेपालको हितमा धेरै महत्वपुर्ण कामहरु गदै आइरहेको बताँउदै पुर्व राजदुत पौडेलले चीनले धेरै काम गरेपनि मिडियाबाजी र हल्ला नगर्ने गरेका कारण अरुको हल्ला चर्को सुनिने गरेको बताउनुभयो ।
कार्यक्रममा स्माइल चिल्ड्रेन कार्यक्रम अन्तर्गत तारकेश्वर २ काभ्रेस्थली स्थीत काभ्रेस्थली स्कुलका अध्ययनरत विद्यार्थीहरुलाई नेपालका लागि चीनका राजदूत चेन सोङ्ग, तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जन,चाइना फाउन्डेसनका महासचिव चेन होंग ताओ, पूर्व रक्षामन्त्री भिमसेन दास प्रधान, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे लगायतले दुध र खाजा खुवाएर स्माइल चिल्ड्रेन कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रम पछि राजदुत, नगरप्रमुख महर्जन, प्रमुख प्रशासकिय अधिकृत डा. घिमिरे सहितले तारकेश्वर २ मा चाइना फाउण्डेसन मार्फत निर्माण भइरहेको खानेपानी आयोजना र तारकेश्वर नगरपालिका वडा नं ६ मा सञ्चालन भइरहेको कृषिकहरुलाई तालिमको फिल्ड निरिक्षण समेत गर्नुभएको थियो ।
df
fdg
प्रतिक्रिया दिनुहोस्