संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं , संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो ।महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रमरज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्वन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ । यस्तै बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१र०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array