साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो लागेको छ । नेप्से ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा झरेको हो ।योसँगै बजारमा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजारको कारोबार भएको छ । ९४ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो ।कुल ७८ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने ५ को स्थिर रहेको छ । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेनस, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, साइन रेसुङ्गा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।आज समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त, साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताले आज ८.२१ प्रतिशतसम्म गुमाएका छन् । आज पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८।२१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array