काठमाडौँ । नापी विभागले ठुलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । विभागले सोमबार नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारीको सरुवा गरेको हो ।
विभागले ७ जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० समेतका आधारमा सरुवा गरेको विभागको दाबी छ । पछिल्लो समय निजामतीमा कर्मचारी सरुवा सबैभन्दा बढी आलोचित हुने गरेको छ । आफ्ना, आफन्तदेखि लेनदेनसम्ममा सरुवा जोडिँदै आए पनि यसको दीर्घकालीन समाधानमा कोही कसैले नचाहेकै कारण एकपछि अर्को आलोचना हुने गरेको छ ।
https://drive.google.com/file/d/18k1JhjUlyNGy9KIVkbpmSnJ7AM6UZajj/view
https://drive.google.com/file/d/18k1JhjUlyNGy9KIVkbpmSnJ7AM6UZajj/view
प्रतिक्रिया दिनुहोस्