माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो।

पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्‍ने भएको जानकारी दिए। उनका अनुसार केही नेता बैठकमा सहभागी हुन आइनपुग्‍ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्‍नेछ। नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

Array