नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ, तिहार र छठ पर्वको लामो बिदापछि खुलेको पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ प्रतिशत बिन्दुमा पुगेको हो । आज रु ६९ करोड ७३ लाख १७ हजार छ सय ११ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच भएको छ ।

विकास बैंक समूहको उपसूचक १३ दशमलव ७ अङ्कले घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेका अनुसार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ४२ दशमलव ४८ अङ्कले बढेको छ । उत्पादन समूहको उपसूचक ३० दशमलव ७८, जीवन बीमा समूहको उपसूचक २५ दशमलव ४१ र निर्जीवन बीमा समूहको उपसूचक २३ दशमलव ५५ अङ्कले बढेको छ । बैंकिङ २० दशमलव ०९, व्यापार २० दशमलव एक र अन्य समूहको उपसूचक २० दशमलव ७५ अङ्कले बढेको छ । लघुवित्त समूहमा १४ दशमलव ८, वित्त समूहमा १२ दशमलव ६५, जलविद्युत् समूहमा एक दशमलव ९७ र म्युचुअल फन्ड शून्य दशमलव एक प्रतिशतले बढेको छ ।

कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आठ दशमलव १६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआइसी एसिया बैंकको सेयर सबैभन्दा धेरै रु छ करोड १७ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याको आधारमा भने प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ । प्रभु बैंकको एक लाख ३१ हजार सात सय ३१ कित्ता सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array