विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ,  कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८ औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको एक गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो । यस जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा आजै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल अस्ट्रेलियाको लागि निर्णायक गोल सावित भयो ।
समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया नकाउट चरणमा पुगे । दुवै टोलीले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडे । फ्रान्स गोलअन्तरमा अघि रहेर समूह विजेता बन्यो भने अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।

त्यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । विश्वकपमा समूह ‘डी’ बाट ट्युनिसिया र डेनमार्क प्रतियोगिताबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्

Array