स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट रु १४ अर्बले बढाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै स्वास्थ्य मन्त्रालयतर्फ रु ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि चालु आवमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ रु छ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array