पब्जी टोली मकाउ प्रस्थान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं , पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य अञ्जन धमलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र सङ्गीन भट्टराई (साङ) रहेका छन् ।

एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपालमा पनि ई–स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेलसरह यो खेललाई पनि अभिभावकत्व प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array