१३ औं नगरसभामा तारकेश्वर नगरपालिको अधिकृत सातौं तहमा कार्यरत सागर अर्याल नगद सहित सम्मानीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ असार २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति, कार्यक्रम तथा बजेट सभामा नगरपालिका भित्र विभिन्न विधामा योग्दान पु¥याउनु भएका महानुभावहरुलाई सम्मान गरेको छ । नगरपालिकाले समाजका बिभिन्न क्षेत्रमा योग्दान पु¥याउनुहुने नगरवासीहरुलाई सम्मान गर्ने कामको थालनी गरेको हो । समाजका अग्रज तथा जेष्ठ नागरिकहरुको ज्ञान र सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले सम्मान कार्यक्रम राखीएको नगरपालिकाले जनाएको छ ।

May be an image of 6 people, dais and text
यसै क्रममा तारकेश्वर नगरपालिकाको योजना तथा राजश्व शाखा प्रमुखका रुपमा कार्यरत अधिकृत सातौं तहका प्रमुख सागर अर्याललाई नगद सहित सम्मान गरिएको छ । तारकेश्वर नगरपालिकाको वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा काठमाण्डौं जिल्लाकै बित्तिय अनुशासनमा तारकेश्वर नगरपालिकालाई सर्बोत्कृष्ट बनाउन अर्यालले पु¥याउनु भएको योग्दानको उच्च कदर गदै ५० हजार नगद सहित सम्मान गरिएको हो । अर्याललाई कार्यपालीका बैठकले सम्मान गर्ने निर्णय गरेको थियो ।

May be an image of 1 person, temple, dais and text
वि.सं २०७४ पुस ३० गते शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका अर्याल आफ्नो सेवा अवधिमा सिंचाई विभाग, कानी जमरा कुलरीय सिंचाई आयोजना, दुधौली नगरपालिका र हाल तारकेश्वर नगरपालिकामा कार्यरत हुनुहुन्छ । उहाँको कार्य सम्पादन क्षमताकै कारण हाल तारकेश्वर नगरपालिकामा सूचना अधिकारीको हैसियतमा पनि कार्यगदै हुनुहुन्छ । सार्वजनीक बिदा, कार्यालय समय केहि नभनी सेवामा कार्यरत रहीरहने अर्याल सरलाई सगरमाथा पोष्ट डट कमको तर्फबाट आगामी दिनमा थप प्रगतिको पनि कामना गर्दछौं । आगामी दिनमा पनि यसै गरी सेवारत रहीरहनुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।

No description available.

No description available.

df

May be an image of 3 people and text

May be an image of 1 person and text that says 'पहिचान नत्व धेकार: देगोविकासको कासको आधार तारकेश्वर नगरपालिका 93 औ'

fhg

प्रतिक्रिया दिनुहोस्

Array