काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने भएको जनाएको छ । यसका लागि २०८१ वैशाख १४ गतेदेखि १८ गतेभित्र आवदेन दिनुपर्ने शाखाले जनाएको छ । शाखाका अनुसार वेवसाइटमा राखिएको फारम भरेर आवेदकले राहदानीसहित आवश्यक कागजातहरू [email protected] पठाउनुपर्ने छ ।
कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने
![](https://sagarmathapost.com/wp-content/uploads/2024/04/eps1.png)
प्रतिक्रिया दिनुहोस्