टुसाल मल्टीभेन्युको आयोजनामा असार १५ गते दोश्रो विद्यालय स्तरीय पौडी प्रतियोगिता हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ असार २०८०, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाकै उत्कृष्ट गन्तव्यको रुपमा चिनिएको टुसाल मल्टीभेन्युको आयोजनामा दोश्रो टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता हुने भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ८ स्थीत टुसाल मल्टीभेन्युमा असार १५ गते प्रतियोगीता आयोजना हुने छ ।


टुसाल मल्टिभेन्यु प्रालिद्धारा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले दोश्रो संस्करणको रुपमा हुन गइरहेको विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ गते टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने बताउनुभयो ।
१ सय खेलाडीको सहभागीता रहने अनुमान गरिएको प्रतियोगिता २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । फ्री स्टाइल विधा अन्तरगत जुनियर ब्वाइज र गल्स तथा सिनियर ब्वाइज र सिनियर गल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा हुने छ ।

May be an image of 5 people and text
प्रतियोगितामा विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने मल्टीभेन्युले जनाएको छ ।
पत्रकार सम्मेलनमा टुसाल मल्टि भेन्यूका प्रबन्ध निर्देशक दिपेन्द्र थापा, सानिमा बैंककी शाखा प्रमुख निलु स्थापित, लुम्बिनी बिकास बैंकका शाखा प्रमुख श्रीजन डंगोल लगायतको उपस्थीति रहेको थियो ।
यस अघि २०७९ जेठ १९ गते मल्टिभेन्युले पहिलो संस्करणको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array