तारकेश्वर नगरपालिकामा कार्यरत २२ महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ असार २०८०, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका कार्यरत २२ महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाई गरिएको छ ।
तारकेश्वर नगरपालिकाको कार्यालय धर्मस्थलीमा आज आयोजित विशेष समारोहमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले उहाँहरुलाई नगद, प्रमाणपत्र, चाँदीको सिक्का र दोसल्ला सहित सम्मानजनक बिदाई गर्नुभएको हो ।
वि.सं २०४५ साल देखि २०५२ साल सम्म तारकेश्वर नगरपालिका भित्र कार्यरत ६० बर्ष उमेर कटेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको बिदाई गरिएको हो । उमेरहदका कारण अवकास हुने महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जनही रु २० हजार प्रदान गदै आइरहेको छ ।
तारकेश्वर नगरपालिकाले भने उहाँहरुको योगदानलाई उच्च कदर गदै जनही थप रु ४० हजार, एक थान चाँदीको सिक्का समेत प्रदान गरेको छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले कुनै स्वार्थ नलिई लामो समय देखि समाजमा सेवाको भावले लागि परेको आमा दिदिहरुलाई त्यतीकै बिदाई गर्नुहुन्न भनेर नगरपालिकाले थप रकम सहित बिदाई गरिएको बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेवीकाहरुले ज्यान जोखिममा हालेर गरेको योग्दानको तारकेश्वरले कदर गर्ने बताँउदै नगरप्रमुख महर्जनले स्वयमसेवीकाहरुका आवाज सुन्नका आफु सदैब तयार रहेको बताउनुभयो ।
बिदाई समारोह भइरहेको नगरपालिकाको सोहि सभाहलमा करिब ६ महिन अघि महिला स्वास्थ्य स्वयंसेवीकाहरुले नगरप्रमुख महर्जनसंग छाता र जुत्ता पाएमा काम गर्न सहज हुने गुनासो गरेका थिए । नगरप्रमुखले स्वयंसेविकाहरुलाई त्यसबेला माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोहि प्रतिबद्धता अनुरुप यहि असार महिनामा तारकेश्वर नगरपालिका भित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र जुत्ता समेत बितरण गरिएको छ ।
बिदाई समारोहमा नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरको स्वास्थ्य क्षेत्रमा महिला स्वयमसेवीकाहरुले गरेको योग्दानको हिजो, आज र भोली सम्म कदर हुने बताउनुभयो ।
उहाँले भन्नुभयो “म जन्मनु भन्दा अगाडी देखि तपाँईहरु काम गरिरहनु भएको छ, कोरोना देखि बिभिन्न महामारीको समयमा पनि तपाँईहरुले ठुलो योग्दान गर्नुभयो, तपाँईहरुको योग्दानलाई नगरपालिकाले भुल्ने छैन, अवकास पछिको तपाँईहरुको बाँकी जीवन समाजसेवामै बितोस, सुखमय तरिकाले बितोस सुभकामना छ ।”
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले सिमित श्रोत साधनका बिच पनि प्रारम्भीक उपचारका लागि महिला स्वास्थ्य स्वयंसेवीकाहरुले अत्यन्त प्रशंसनिय काम गरेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरस्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार साहले लामो समय देखिसंगै काम गरेका स्वयमसेवीकाहरुलाई बिदाई गर्नुपर्दा दुख लागेको बताँउदै अवकास पछिको सुखद जीवनको कामना गर्नुभयो ।
कार्यक्रममा बिदाई हुनुभएकी महिला स्वास्थ्य स्वयमसेवीका कृष्ण कुमारी फुंयालले बिदाई भएका स्वयमसेवीकाहरुलाई नगरपालिकाले निशुल्क उपचारको व्यवस्था गरिदिन आग्रह गर्नुहुंदै सम्मान पुर्वक विदाई गरेकोमा नगरपालिका प्रति धन्यवात दिनुभयो ।
उहाँले भन्नुभयो “यस अघि पटक पटक १० हजार दिएर जबरजस्ती बिदाई गर्न खोजिएको थियो, हामीले मानेनौं, आज ४० हजार नगद र सिक्का सहित सम्मानजनक रुपमा नगरपालिकाले हामीलाई बिदाई गरेको छ हामी धेरै खुसी भएका छौं, नगरपालिका परिवारलाई धन्यवात छ”
तारकेश्वर नगरस्वास्थ्य शाखाकी अधिकृत राधा थपलियाले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवर,सोभा आचार्य, शाखाका भरत पाण्डे, स्वास्थय शाखा मातहतका स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्रका प्रमुख सहित कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array