मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक पारित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  प्रतिनिधिसभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

प्रतिनिधिसभाको  बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array