सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ६४ टिमले सहभागिता हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा शनिबारदेखि हुने सातौं स्किब्स कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ६४ टिमले सहभागिता जनाउने भएका छन् ।
स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ४ विधामा ६४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ तथा स्टाफमा ८ टिमले भाग लिने छन् । खेल लिग कम नकआउट आधारमा हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जानकारी दिए ।
सिनियर ब्वाइजमा त्रिज्योति, जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सिनियर गल्र्समा निम्स तथा स्टाफमा महामन्जुश्री डिफेन्डिङ च्याम्पियन हुन् । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array