नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा रंगशालामा सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa
 पोखरा , नेपालका ए टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पन्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय फ्रेन्ससिप म्याच पोखरा रंगशालामा सम्पन्न भएको छ ।
१२ वटा तौल समुहमा  सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पान्डेलाई २ः१ को आधारमा पराजित गरे । ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पन्जाबका विनय रौनिया ३ः० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा पन्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गरे । ८० किलो तौल समुहमा दिपक श्रेष्ठले ३ः०को मुस्तफा हनितलाई ३ः०को आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । भने ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा पराजित गरे
महिला तर्पm५०  किलो तौल समुहमा शुस्मा तामांगले पन्जाका कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गरे । ५४ किलोमा नेपालका मिनु गुरुंगले पन्जाबका अरिवालाई २ः१ को स्पिलट डिसिजनमा पराजित गरे । महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ः०को फरकमा पन्जाबका मनितलाई पराजित गरे । ६० किलो महिला तर्फ पन्जाबका मन्दिप कौरले नेपालका संगीता सुनारलाई ३ः०को अन्तरले पराजित गरे ।
६६ किलो तौलमा पन्जाबका कोमल प्रीतले २ः१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरे  ।

प्रतिक्रिया दिनुहोस्

Array