अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ श्रावण २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,  मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल बस्ने ४५ वर्षीया कृष्णा देवी बाँनिया र ६५ वर्षीय छटु राम रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेबी गाउँपालिका(४ सानो गौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही शुद्धोधन गाउँपालिका(१ परौतामाटा बस्ने २१ वर्षीय सन्दिप हरिजन र रूपन्देही शुद्धोधन गाउँपालिका(१ परौतामाटा बस्ने २३ वर्षीय देब चौधरी रहेका छन् । प्रहरी चौकी तुलसीपुर बलुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु।७० प ८०७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका(१८ सिदार्थ भ्यु बिट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका(६ बस्ने १९ वर्षीय प्रबिन रावल र जुम्ला तिला गाउँपालिका(५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यु बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array