चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी तथा मैत्रीपूर्ण प्रतियोगिताका लागि बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।
पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् । महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगिता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।
प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् ।
खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाई २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहो¥याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array