करको दर घटाउने, दायरा बढाउने नगरप्रमुख महर्जनको नीतिले तारकेश्वरमा लक्ष्यको ९० प्रतिशत राजश्व संकलन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०८०, शुक्रबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा निर्वाचीत भएर आएसंगै नगरप्रमुख कृष्ण हरि महर्जनले करको दर घटाउने दायरा बढाउने गरि लिएको कर सम्बन्धी नीति तारकेश्वरमा सफल भएको छ ।
तारकेश्वर नगरपालिकाको प्रमुखको रुपमा निर्वाचीत भएर आएसंगै नगरप्रमुख महर्जनले करको दरमात्र बढाउदा स्थानीयबासीहरुमा नकारात्मक प्रभाव पर्ने भन्दै करको दर घटाएर दायरा बढाउने नीति अवलम्बन गर्नुभएको थियो ।
नगरप्रमुखको प्रगतिशीलकर सिद्धान्तका कारण नगरवासीहरुको करमा उत्साहजनक सहभागीता रहंदा नगरपालिकाले कुल लक्ष्यको ९० प्रतिशत उदेश्य हाँसील गर्न सफल भएको छ । नगरप्रमुख महर्जनले बिदेश जानका लागि आयश्रोत प्रमाणीत प्रयोजनका निम्ती तिरीने घरबहाल करलाई घटाएर मात्र एक प्रतिशत कायम गर्नुभएको थियो । यस अघि नगरपालिकाले बहालकरबापत १० प्रतिशत कर लिंदै आएको थियो ।
तारकेश्वर नगरपालिकाको १२ औ नगरसभाले संसोधन सहित कुल ३० करोड १२ लाख आन्तरीक राजश्वको लक्ष्य दिएकोमा आ.व ७९/८० को अन्त्य सम्म ९० प्रतिशत राजश्व प्राप्ती गरी नगरपालिकाले कुल २७ करोड २ लाख ९१ हजार राजश्व संकलन भएको तारकेश्वर नगरपालिकाका राजश्व शाखा प्रमुख एवं सूचना अधिकारी सागर अर्यालले जानकारी दिनुभयो ।
नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ५३ लाख ११ हजार ८ सय १४ र घर जग्गा बहाल करमा २ करोड ५३ लाख ६२ हजार १ सय ९३ रुपयाँ राजश्व संकलन गरेकोमा आर्थिक बर्ष ०७९/८० मा व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ५९.७७ प्रतिशत बृद्धि भई ८४ लाख ८७ हजार ४३ रुपयाँ दाखीला भएको थियो भने घर जग्गा बहाल करमा पनि ४८.६७ प्रतिशतले बृद्धि भई ३ करोड ७७ लाख ६ हजार ४ सय पाँच रुपयाँ राजश्व दाखिला भएको छ ।
नगरपालिकामा दाखिला भएको राजश्व मध्य सम्पत्तीकरको हिस्सा २५ प्रतिशत, घर बहालकरको हिस्सा १३ प्रतिशत, व्यवसाय रजिष्ट्रेसनको हिस्सा २ प्रतिशत, नक्सा पास दस्तुरको २१ प्रतिशत, सिफारीस दस्तुर १९ प्रतिशत, ढुंगा,गिटी, बालुवा निकासी शुल्क ९ प्रतिशत र अन्य विभिन्न शिर्षकको राजश्व दाखीला भई राष्ट्रिय औषत भन्दा बढी आन्तरीक राजश्व प्राप्ती गरेको देखिन्छ ।
काठमाण्डौं महानगरपालिकाको राजश्व विभागको एक अध्ययन प्रतिबेदन अनुसार स्थानीय तहमा आन्तरीक राजश्वको सम्पत्तीको हिस्सा १७ प्रतिशत रहेकोमा तारकेश्वर नगरपालिकाको आ.व ७९/८० को कुल लक्ष्यको सम्पत्ती करको हिस्सा २५ प्रतिशत रही राष्ट्रिय औषत भन्दा ८ प्रतिशत बढी सम्पत्ती करको हिस्सा रहेको छ ।
तारकेश्वर नगरपालिकाले आ.व ०७८/७९ भन्दा ०७९/८० मा नक्सापास दस्तुर र सिफारिश दस्तुरमा उठाउने राजश्व भने कम संकलन गरेको छ । नगरपालिकामा आ.व ०७८/७९ मा नक्सापास दस्तुर बापत ६ करोड ९७ लाख ५ हजार ६ सय १० उठेकोमा १९.२० प्रतिशत कम भई ५ करोड ६३ लाख १७ हजार ६ सय ३५ दाखीला भएको छ भने नक्सापास दस्तुर १३.७७ प्रतिशतले घटेर ५ करोड ६३ लाख १७ हजार ३ सय ६६ रुपयाँ मात्र संकलन भएको छ ।नगरपालिकामा गैरकर क्षेत्र घटेको देखिएपनि कर क्षेत्रमा राजश्व बृद्धि हुंदै गइरहेकाले पालिकाको कर प्रशासन दिगो हुंदै गएको देखिन्छ ।
तारकेश्वर नगरपालिकाका राजश्व शाखा प्रमुख अर्यालले अघिल्लो आर्थिक बर्षको तुलनामा यस आ.वमा नक्सापास दस्तुर र सिफारीस दस्तुर कम उठनुमा अघिल्लो आ.व भन्दा ०७९/८० मा घर जग्गा कारोबार कम हुनु, पालिकाले नक्सापास दस्तुर घटाउनु, घर जग्गा कारोबार कम भएपछिको हुने सिफारीस दस्तुर कम दाखीला हुनु मुख्य कारण रहेको बताउनुभयो ।
राजश्व शाखा प्रमुख अर्यालले नगरप्रमुखको कर नीति अनुरुप चालु आर्थिक बर्षमापनी तारकेश्वर नगरपालिकाको प्रगतिशिल कर शिक्षा सिद्धान्तलाई अबलम्बन गदै करको दर घटाउने र दायरा बढाउने नीति अनुरुप करदाता शिक्षा कार्यक्रमलाई थप व्यवस्थीत गदै लगिने बताउनुभयो ।
“स्वेच्छीक सहभागीता सहितको कर, विकास आत्मनिर्भर उन्मुख नगर” भन्ने नारालाई आत्मसाथ गर्न स्थलगत रुपमा व्यवसाय दर्ता शिविर, करदाता शिक्षा कार्यक्रम, सम्पत्ती कर, भूमिकर, अभिमुखिकरण कार्यक्रम पालिकाको वडा नं ८,९,१०,११ र ४ मा टोल विकास संस्था मार्फत सहरीकरण विस्तारको आधारमा टोल विकासलाई चाहिएको विकासको लागि अनुदान उपलव्ध गराई अनिवार्य रुपमा कर प्रशासनमा सहभागी गराउने कार्यक्रम, प्रत्यक वडालाई बार्षीक आन्तरीक आयको लक्ष्य प्रदान गर्ने, लक्ष्य अनुरुप राजश्व दाखीला भए नभएको अनुगमन र नियमन गर्ने जस्ता कार्यहरु चालु आर्थिक बर्षमा निरन्तर रुपमा गरी तारकेश्वर नगरपालिकालाई आन्तरीक आयबृद्धि गरी थप स्वयत्तता हाँसील गर्ने लक्ष्य लिएको अर्यालले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाले राजश्व बढाउने नीति अनुरुप करदाता शिक्षा सुरुगरेसंगै राजश्व संकलन ह्वातै बढेको राजश्व शाखाका सुव्वा ईश्वर अम्गाईले बताउनुभयो । नगरपालिकाको राजश्व शाखाले २०७९ पुस देखी करदाता शिक्षा कार्यक्रम सुरु गरेसंगै व्यवसाय दर्ता, बहालकर लगायतमा क्षेत्रमा राजश्व बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array