पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाउने नयाँ सूचीमा मूल्य बढेर आएको हो। भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा बढेर आएको छ। साथै मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ मूल्य बढेर आएको छ। तर ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटेर आएको निगमले जनाएको छ।

निगमले गत वर्षदेखि लागु गरेको स्वचालित बिक्री मूल्य प्रणाली अनुसार पेट्रोलियमको मूल्य बढ्ने भएको छ। गत वर्ष असार ३१ गते परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो।त्यहीअनुसार अहिले प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुने गरेको छ। यसले गर्दा प्रत्यक्ष रुपमा भारतबाट घटेर वा बढेर आउने तेलको नयाँ मूल्यसूची अनुसार नेपालमा पनि मूल्य निर्भर हुन्छ। त्यसैले यो पटक पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्मले बढ्ने निगमले जनाएको छ। तर ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घट्ने भएको छ। यसका लागि निगम संचालक समितिको बोर्ड मिटिङ बस्दै छ। त्यसपछि निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array