नहरमा पानी नआउँदा र आकाशबाट नियमित पानी नपर्दा घामले धान खेतमै सुक्न थालेपछि सिरहाका किसानहरु पीडित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

सिरहा, कमला सिँचाइको नहरमा पानी नआउँदा सिरहाका किसानले लगाएको धानबाली घामले डढेर खेतमै सुक्न थालेको छ । नहरमा पानी नआउँदा र आकाशबाट नियमित पानी नपर्दा घामले धान खेतमै सुक्न थालेपछि सिरहाका किसानहरु पीडित बनेका छन् ।

मिर्चैया, कर्जनहा, कल्यानपुर, गोलबजार नगरपालिकाका किसानहरुले खेतमा लगाएको धान पानीको अभावमा सुक्न थालेको छ । साउन महिनामा पनि पर्याप्त पानी नपर्दा किसानको धानबाली सुकेर नष्ट हुन लागेको हो । अत्याधिक चर्को घामका कारण धानवाली लगाइएका खेत चिरा-चिरा पर्न थालेको पीडित किसानहरुको भनाइ छ ।

सिँचाइ सुविधाबाट वञ्चित रहेका सिरहाको अधिकांस भूभागहरुमा धान खेती फस्टाउन सकेको छैन । महङ्गोमा धानको विउ तथा मल किनेर खेती गरेका किसानहरु पानी नपर्दा मर्कामा परेका हुन् ।

मिर्चैया, कर्जनहा, कल्यानपुर नगरपालिकामा कमला सिँचाइ आयोजनाको उपशाखा नहर बन्ने त्यहाँका नेताहरुले आश्वासन दिएको बर्षौं भयो । किसान आकाशे पानी भर गर्ने खेतीपाती गर्ने तर सिंचाइको पनी नआउँदा किसान दोहरो मारमा परेका छन् ।

असार मसान्तपछि पानी परेकै छैन, नहरमा पानी नआउँदा खेत चिराचिरा परी सक्यो, कर्जनहा नगरपालिकाका भुलन महरा भन्छन्,- ‘नहरमा पानी पठाउने तिर कसैले चासो दिंदैन, यस वर्ष धान खेती नहुने जस्तो छ, जेनतेन गरेर पैसा जोडेर खेती गरेको थिएँ तर खडेरी पर्‍यो ।’ खेत छेउमै कमला सिँचाइको नहर भएपनि उनलाई यसको कुनै फाइदा भएको छैन ।

किसानहरुद्वारा लगभग एक सय विगाहा भन्दा बढी जग्गामा लगाइएको धान खेतमा सिँचाइको व्यवस्थापन नहुँदा एवं खेतसम्म विद्युतीय भूमिगत सिँचाईको पनि व्यवस्था नभएकाले स्थानीय किसानहरु आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array