इडेन ब्रिजलाई सफलता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं ।इडेन ब्रिज एकेडेमी (इबीए) ले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेको छ ।बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भइरहेको प्रतियोगितामा इबीएले हिमरश्मीलाई २२–१७ ले पराजित ग¥यो । इबीएका आदित्य श्रेष्ठले २० स्कोर गरे ।सिनियर ब्वाइजमा जेनिथले हार्टल्यान्डलाई ५२–२१, पिपुल्स एकेडेमीले निलायमलाई २२–१०, पुष्पसदनले न्यु जेनिथलाई ३५–१८ तथा काठमाडौं भ्याली, छाउनीले ओरकल रेलाई २७–११ ले हराए । जेनिथका रोनिश तामाङले १५, पिपुल्सका विवेक भण्डारीले ६, पुष्पसदनका रेवन्त यादवले ९ र काठमाडौं भ्यालीका, छाउनीका दिपेश तामाङले २३ अंक जोडे । सिनियर गल्र्समा रिब्स ‘ए’ ले काठमाडौं भ्याली, छाउनीलाई २०–७, जेसिस इन्टरनेसनलले रिब्स ‘बी’ लाई १९–६, काष्ठमण्डप विद्यालयले ग्रिनफिल्ड ‘बी’ लाई २९–९, साइ निलायमले ग्रिनफिल्ड ‘ए’ लाई २३–१५ र हिमरश्मीले इबीएलाई १५–७ ले पाखा लगाए । रिब्स ‘ए’ की नौशिका लिम्बूले ९, जेसिसकी स्मृति थापाले १०, काष्ठमण्डपकी रिया राईले ८, साइ निलायमलकी रश्मी श्रेष्ठ र दिपिशा थापाले समान ७–७ तथा हिमरश्मीकी निमा तामाङले ११ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्

Array