टिकौली दुर्घटना अपडेट – २० मध्ये ७ जनाको अवस्था गम्भिर (विवरण सहित)

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०८०, बुधबार
3 Min Read
Aa

भरतपुर , भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा आठवटा सवारी साधन एकापसमा ठोक्किएका छन् । महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, बलोरो, चारवटा मोटरसाइकल र दुईवटा स्कुटरहरु एक-आपसमा ठोक्किएका हुन् । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ ।दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

टिकौली दुर्घटना अपडेट:- २० मध्ये ७ जनाको अवस्था गम्भिर (विवरण सहित)
१.जि.चितवन खैरहनी नगरपालिका–४ बस्ने बर्ष अन्दाजी ६०र६५ को कृष्ण ब.तामाङ (गम्भिर) ।
२.जि.मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ बस्ने बर्ष अं.६०र६५ को महोन तामाङ (गम्भिर) ।
३.जि.चितवन खैरहनी नगरपालिका–१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ (गम्भिर) ।
४.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को कुसुम ब।राना (गम्भिर) ।
५.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ(गम्भिर) ।
६.जि.चितवन रत्ननगर–९ बस्ने बर्ष अं.३०–३५ को किशोर तामाङ (गम्भिर) ।
७.जि।चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को डोल ब.कार्की (गम्भिर) ।
८.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (गम्भिर) ।
९.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ (गम्भिर) ।
१०.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (गम्भिर) ।
११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम) ।
१२.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ (मध्यम) ।
(नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते)
१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)
(पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु)
१.बा.प्र.०३–००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)
२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य
३.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामि (मध्यम) ।
४.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)
५. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)।
६. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम) ।
७.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम)
RT Chitwan

प्रतिक्रिया दिनुहोस्

Array