नेपाल प्रहरीको पाँच एआइजीको सरुवा, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा थापा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
गत मंगलबारको मन्त्रीपरिषद बैठकको एआइजीहरुको सरुवा गरिएको हो । जस अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा एआईजी दीपक थापालाई जिम्मेवारी दिईएको छ । यसअघि सोहि कार्यालयमा प्रमुख रहेका एआईजी श्यामलाल ज्ञवालीको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सन्दीप भण्डारी तथा मानवस्रोत बिकास विभागमा एआईजी टेक प्रसाद राई जिम्मेवारी दिइएको छ । त्यस्तै कार्य विभागमा कार्यरत एआईजी मिरा चौधरीलाई प्रशासन बिभाग प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array