हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

झापा, मेचीनगर नगरपालिका ८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सोही टोलस्थित सडक नजिक रगत जस्तो पदार्थ देखिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकारभिट्टाबाट खटिएको प्रहरीले साउन ३२ गते बिहान झाडीमा बुट्यानले छोपेको अवस्थामा उनको शव फेला पारेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्नआएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी एक्लै हिँड्दै आएका सुन्दरलाल किसानले साउन ३१ गते साँझ रामजी र सुनरसीलाई गालीगलौज गरेको विषयलाई लिएर भएको झगडामा फलामको खन्ती र सिकल प्रहार गरी हत्या गरेर उक्त झाडीमा लगि छोपेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array