पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

कास्की । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएको पुष्टि गरिएकामा उपचारका क्रममा थप दुई बालिकाको ज्यान गएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएका अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएका विद्यार्थीको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सम्पन्न भएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो। पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा २५ जना सवार रहेको बताइएको छ। बसमा सवारमध्ये २१ जना विद्यार्थी रहेको र उनीहरू सबै कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्