सूचनाको वास्तविक मालिक नागरिक : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको वास्तविक मालिक नागरिक भएको बताउनुभएको छ । १७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले  यस्तो बताउनुभएको हो ।

सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६ वर्ष पूरा भई १७ औँ वर्ष प्रवेश भएको छ । नेपालमा सूचनाको हकसम्बन्धी कानुन लागू भएको लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो, त्यसअनुरूप हुन नसकिरहेको उहाँले बताउनुभयो । संविधान र कानुनमा सबै सार्वजनिक निकायमा रहेका सूचनाको हक जनतासम्म पुर्‍याउन सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।

सबै निकायले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array