नेपाली कांग्रेसको १५औँ महाधिवेशन : कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला निर्वाचित

Sagarmatha Post
Sagarmatha Post २६ आश्विन २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य तथा समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ।

यसैगरी, महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी हुनुभएको छ भने महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। उपसभापतिको खुलातर्फ डा. भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ। उहाँसँगै प्रतिस्पर्धामा रहनुभएका आचार्यले दुई हजार ३४२ मत प्राप्त गरी उपसभापतिमा निर्वाचित हुनुभएको हो। समावेशीतर्फ चौधरीले एक हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ।

महामन्त्रीको खुलातर्फ पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ। त्यस्तै, राणाले दुई हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा सङ्ग्रौलाले तीन हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्