बक्सिङमा नेपाललाई दुई काश्य

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं, ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई काश्य पदक जितेको छ ।रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सोमवार सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समूहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा काश्य पदक जितेका हुन् । दुबै खेलाडीहरुले क्वार्टर फाइनलमा बाई पाएर सिधै सेमिफाइनल खेलेका थिए । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्धन्दी संग कडा प्रतिस्पर्धा गरेपनि जित भने हात पार्न सकेनन् । तीन राउन्डको भीडन्तमा शेरपले दोस्रो र तेस्रो चरणमा राम्रो गरेपनि पहिलो राउन्डमा उनी पछि पर्न गएको थियो । गतवर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो । उनका प्रशिक्षक प्रकाश थापा मगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिए । उनले भने– “आयोजक विरुद्ध उनीहरुको घरमा खेल्न शुरुमा खेल सम्हाल्न शेरपलाई समय लाग्यो। दोस्रो र तेस्रो चरणमा राम्रो खेलेपनि जित्न सकेन । दुखको कुरा हो । “तर उनी भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्छन् ।“ यसैगरी प्रकृती सेमीफाइनलमा क्रोयसियाका खेलाडीसंग ’आरएससी’ आउट हुन पुगेकी हुन् । पहिलो राउन्डमा उनले दुई पटक ‘काउन्ट’ खाए पछि दोस्रो राउन्ड खेल्न पाएनन् । त्यसैगरी बास्केटबलतर्फ महिला ३ अन ३ माचिलीसंग पराजित भएपछि नेपाल बाहिरिएको छ । त्यसरी नै पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागि नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सकेनन् । प्रतियोगितामा समावेश गरिएको १८ खेलमध्ये नेपालले ५ खेल बक्सिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस र बास्केटबलमा सहभागिता जनाएको छ । अन्तर्राष्ट्रिय स्कुल स्पोटर््स महासंघ (आइएसएफ) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्षअगस्ट १७ देखि २५ तारिख सम्म हुँदैछ । यो १३ देखि १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array