हाइड्रो पावरका आयोजनामा लोकप्रिया बन्दै डब्लु.के.भि.टर्बाइन्स्

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
5 Min Read
Aa

दार्चुला, दार्चुला जिल्लामा अवस्थित मकरीगाड जलविद्युत आयोजना गत फरवरी २०२३ देखि सफलतापुर्वक सञ्चालनमा आएको छ । प्रभावशाली विशेषताहरुयुक्त यो आयोजनाले गर्व महशुस गराउँदछ । ९०० मिटर ग्रस हेड रहेको यो जलविद्युत आयोजना नेपालमा सञ्चालनमा रहेको आयोजनाहरु मध्ये हालसम्मकै सबैभन्दा उच्च हेड रहेको आयोजना हो । यो आयोजनाको क्षमता २  x    ५ मेगावाट छ र इलेक्ट्रो–मेकानिकल उपकरणहरु जर्मनीको एक अग्रणी जलविद्युत उपकरण निर्माण विशेषज्ञ कम्पनी डब्लु.के.भि. बाट आपूर्ति गरिएको हो ।

श्रीलंकाको एलटिएल होल्डिङस्- आयोजना विकास साझेदार र लड्ढधनवी लिमिटेड– इपिसी ठेकेदारको रुपमा सामेल हुन पूर्व यो परियोजना प्रारम्भमा नेपालको एक सुस्थापित कम्पनी हाइड्रो भिजनद्धारा विकास गरिएको थियो । यो परियोजनाका सिभिल कार्यहरु, खास गरी हेडवक्र्स, पेन्स्टक पाइप र प्रसारण लाईन निर्माण गर्न त्यति सजिलो थिएन । विशेषगरी, कठ््याङग्रिने जाडोयाम र पेन्स्टक कार्यहरु सहित सम्पूर्ण हेडवक्र्सको लागि पहुँच मार्गको अभावले निर्माण साम्राग्रीहरुको ढुवानीलाई कम चुनौतीपूर्ण बनाएको थिएन । निर्माण टोलीले प्रत्येक सिमेण्टको बोरा पावरहाउस देखि हेडवक्र्स क्षेत्रमा रोपवे र खच्चडमार्पmत ढुवानी गरेको थियो । उनीहरुले पुरै डोजरलाई पूर्णरुपले पार्टपार्ट खोली हेडवक्र्समा ढुवानी गरी पुन जोडेका पनि थिए । यतिका कठिनाईहरुका वावजुद पनि निर्माण टोलीले साढे दुई बर्षमै विश्वका कुनैपनि जलविद्युत आयोजनाहरुसँग प्रतिस्पर्धा गर्न सकिने असाधारणरुपले उच्च गुणस्तरिय आयोजना सम्पन्न ग¥यो ।

आयोजनाको अर्को अद्धितीय चुनौती भनेको २७ कि.मि. लामो प्रशारण लाइन थियो । पोलसहित ३३ के.भि.को प्रसारण लाईन निर्माण गरिनु १३२ के.भि.को प्रसारण लाईन (जसको लागि महङ्गो टावरहरुको जरुरत् पर्दथ्यो) भन्दा सजिलो र सस्तो पर्ने विश्लेषणले निस्कर्ष निकाल्यो । ३३ के.भि.को यति लामो प्रसारण लाइनमा विजुली नोक्सानी बढी भएतापनि औसत भन्दा बढी व्यास भएको विशेष खाले तार (कन्डक्टर) को प्रयोगले ३३ के.भि. प्रसारण लाइनको कारण हुने नोक्सानीलाई न्यूनीकरण गर्न मद्धत पुगेको छ ।

उच्च गुणस्तरीय र भरपर्दो उपकरण उपलब्ध गराउने प्रतिष्ठित कम्पनी भएकै कारण यस आयोजनाको विद्युतगृहको लागि इलेक्ट्रो–मेकानिकल उपकरणहरु उपलब्ध गराउन डब्लु.के.भि.सँग सम्झौता गरिएको थियो । एकै छानामुनि टर्बाइन र जेनेटरहरु उत्पादन गरी आपूति गर्ने डब्लु.के.भि. जर्मनीको एक मात्र कम्पनी हो र यसले ५ बर्ष लामो वारेण्टी दिदै आएको छ ।
टर्बाइनहरु, जेनेटरहरु, कन्ट्रोल प्रणाली र स्क्याडा प्रणालीसहित सबै उपकरणहरु डब्लु.के.भि.द्धारा जर्मनीमा निर्माण गरिएका हुन् । जसले ग्राहकहरुलाई विद्युत गृहको सञ्चालन र मर्मतसम्भारको सन्दर्भमा अद्धितिय फाइदा र लाभ प्रदान गर्दछ ।  लड्ढधनवीले डब्लु.के.भि.को उपकरणहरु प्रयोग गरेर विगत २० बर्षभन्दा बढी समयदेखि उसका अरु जलविद्युत आयोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । ती आयोजनाहरुले २० बर्ष लामो  सञ्चालन अवधिपछि पनि त्यतिकै स्थिर विद्युत उत्पादन गर्न सक्षम रहेको प्रमाणित गरेको छ । यी कुराहरु लाभपूर्ण लगानीको लागि अनुकरणिय उदाहारण हुन् । नेपालमा सिमित समयावधिको पिपिएमा डब्लु.के.भि.का उच्च गुणस्तरिय टर्बाइन उपकरणहरु प्रयोग गरेर अधिक्तम विजुली उत्पादन सुनिश्चितता गर्न सकिन्छ ।

मकरीगाड जलविद्युत आयोजनाले नेपालमा यसको उत्पादन दायराभरी नै डब्लु.के.भि.को उच्चतम विशिष्टता प्रदर्शन गर्नेनै छ । डब्लु.के.भि.ले सन २०२२ देखि सञ्चालनमा रहेको अत्यन्तै न्यून हेड (मात्र ३५ मि.) रहेको काबेली बी–वान क्यास्केड १० मेगावाट आयोजनामा २ वटा होरिजेन्टल फ्रेन्सिस् टर्बाइनहरु जडान गरेको छ ।
मकरीगाड जलविद्युत आयोजना काबेली बी–वान क्यास्केडको चरम विपरित हेड रहेको डब्लु.के.भि. को आयोजना हो । यसको हेड ९०० मिटर र दुवै टबाईनको लागि डिजाइन फ्लो मात्र १.३५ घनमिटर प्रतिसेकेन्ड छ ।

नेपाली जलविद्युत बजार ठूलो भएतापनि चुनौतीपूर्ण छ । यद्यपी डब्लु.के.भि. नेपाली नीजि जलविद्युत बजारमा विगत २० बर्षभन्दा लामो समयदेखि अग्रणी भूमिकामा रहदै आएको छ । डब्लु.के.भि. २० बर्ष अघि अरुण भ्याली हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी र अपि पावर कम्पनीका प्रबद्र्धकहरुले निर्माण गरेको पिलुवा खोला जलविद्युत आयोजना ३ मेगावाटबाट नेपाली बजारमा प्रवेश गरेको थियो । यो आयोजना नै नेपाली लगानीकर्ताहरुले लगानी गरेर निर्माण गरेको पहिलो नीजि जलविद्युत आयोजना थियो ।

मकरी गाड वास्तविक विशेषज्ञहरु मिलेर काम गरे उत्कृष्ट नतिजाहरु प्राप्त गर्न सकिने रहेछ भन्ने प्रमाण हो । यद्यपी जलविद्युत व्यवसाय एउटा लगानी व्यवसाय हो र यस व्यवसायको मुनाफा मुख्य रुपमा आयोजनामा प्रयोग गरिने टर्बाइन उपकरणहरुको विश्वसनीयतामा निर्भर रहने हुन्छ, जसले दशकौंसम्म विना झन्झट विजुली उत्पादन गर्न सकोस् । यसैकारण लगानीको उच्चतम नाफा आर्जन गर्न सकेसम्म सर्बोत्तम उपकरणहरु प्रयोग गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array