महालेखा परीक्षक बन्न बहालवाला सचिब सहित १५ जनाको आबेदन, पहिलो पटक महिलाको समेत दावी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । ६ वर्षे कार्यकाल रहने संवैधानिक पद महालेखा परीक्षकका लागि १५ जनाको आवेदन परेको छ ।
महालेखा परीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकालबाट अनिवार्य अवकाश पाएपछि रिक्त रहेको महालेखा परीक्षकको पदका लागि दरखास्त दिने अन्तिम दिन सोमबार साँझ सम्म समय तोकिएको थियो । तोकिएको समय भित्र बहालवाला सचिब सहित १५ जनाको दरखास्त परेको संवैधानिक परिषद् सचिवालयले जनाएको हो ।
आवेदन दिने बहालवाला सचिवमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राय रहेका छन् भने महालेखा परीक्षककै कार्यालयबाट कार्यवाहक महालेखापरीक्षक एवम उप–महालेखापरीक्षक महेश्वर काफ्ले र वामदेव शर्मा, नायव महालेखापरीक्षक चन्द्रकान्त भण्डारी र वैकुण्ठबहादुर अधिकारी रहेका छन् । त्यस्तै पूर्व कार्यवाहक महालेखापरीक्षक एवम उपमहालेखापरीक्षक राममाया कुँवर र पूर्व नायव महालेखापरीक्षकबाट अशोक कार्की पनि रहेका छन् ।
६ बर्ष संबैधानीक पदको नेतृत्व पाउने भएछि रिटायर भएर घरमा बसेका पुर्व सचिबहरुले समेत महालेखापरीक्षक बन्न आबेदन पेश गरेका छन् । यसरी आवेदन पेश गर्नेमा पूर्व सचिव गोपीनाथ मैनाली, हरि बस्याल, रामशरण पुडासैनी, शंकर खरेल र शिशिरकुमार ढुङ्गाना र रामप्रसाद थपलिया रहेका छन् ।
यस्तै चाटर्ड एकाउन्टेन्ट (सिए)तर्फबाट सुबोध कर्ण र हरि सिलवालको आवेदन परेको छ ।

पहिलो पटक महालेखा परीक्षकमा महिलाको दावी
उपमहालेखापरीक्षकको जिम्मेवारीमा रहेकी राममाया कुँवरले महालेखा परीक्षकको लागि आवेदन पेश गर्नुभएको छ ।
महालेखापरीक्षक टंकमणि शर्मा ६ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि उहाँले जेठ ८ गतेदेखि साउन २२ गतेसम्म साढे दुई महिनाका लागि कार्यवाहक महालेखापरीक्षकको समेत जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुभयो ।
कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी प्राप्त गर्ने उहाँ दोस्रो महिला हुनुहुन्छ । महालेखापरीक्षकको कार्यालयमा पहिलो महिला उपमहालेखापरीक्षक बन्नुभएको विमला सुवेदीले यस अघि कार्यवाहक महालेखापरीक्षकसमेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array