गाउँपालिका अध्यक्ष सहित सात जना जुवा खेल्दै गर्दा पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

 मुस्ताङ,  मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी भएको जानकारी दिनुभयो ।

अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array