डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

बाँके, अबिरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।
भाद्र ८ गते विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेकोभन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धारसामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरीसुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमासारेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array